Judges 13:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाखका बोटबाट आएको कुनै कुरा त्‍यसले खानुहुँदैन। दाखमद्य वा कुनै प्रकारको मादक पदार्थ पिउनुहुँदैन। कुनै मनाही गरिएको भोजन खानुहुँदैन। मैले भनेका हरेक कुरा त्‍यसले मान्‍नुपर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दाखको बोटबाट निस्‍केको केही पनि तिनले चाख्‍नुहुँदैन। तिनले दाखमद्य वा अरू मत्ताएको मद्य पिउनुहुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानुहुँदैन। मैले जे भनेको छु त्‍यो सबै तिनले गर्नुपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले अङ्‌गुरबाट उत्पादन भएको कुनै पनि कुरा खानुहुँदैन। तिनले कुनै मद्यपान अथवा मत्ताउने पेय नपिऊन्, न त कुनै अशुद्ध कुरा खाऊन्। तिनले मैले आज्ञा दिएको प्रत्येक कुरा पालन गरून्।”
Nepali ERV (पवित्र बाइबल)
दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कड पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।”