Judges 13:16 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोक्‍यौ भने पनि म तिमीहरूले चढ़ाएको भोजन खान्‍नँ। तर तिमीहरूको इच्‍छा छ भने होमबलि तयार गर र त्‍यो परमप्रभुमा चढ़ाओ।” मानोहले तिनलाई परमप्रभुका दूत हुन्‌ भनी चिनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोके तापनि म तिमीहरूको भोजनबाट केही खानेछैनँ। तर तिमीहरूले होमबलि तयार गर्छौ भने त्योचाहिँ याहवेहलाई चढाओ।” (तिनी याहवेहका दूत हुन् भनी मानोहलाई थाहा थिएन।)
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका दूतले मानोहलाई भने, “मलाई जानबाट तिमीले रोके पनि म तिम्रो भोजन लिने छैन। तर तिमी केही तयार गर्न चाहन्छौ भने परमप्रभुलाई एक होमबलि अर्पण गर।” (मानोहले त्यो व्यक्ति वास्तवमा परमप्रभुका स्वर्गदूत हुन भनी बुझेनन्।)