Judges 13:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मानोहले एउटा पाठो र केही अन्‍न लियो र चट्टानको वेदीमा उदेकका कामहरू गर्नुहुने परमप्रभुलाई बलि चढायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मानोहले पाठो र उचित अन्‍नबलि लिएर ती चट्टानमाथि परमप्रभुकहाँ चढ़ाए। अनि मानोह र तिनकी पत्‍नीले हेरिरहेकै बेलामा परमप्रभुले आश्‍चर्यमय काम गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मानोहले एउटा कलिलो पाठा र अन्‍नबलि लिए; अनि याहवेहका निम्ति एउटा चट्टानमा चढाए। मानोह र तिनकी पत्नीले हेर्दाहेर्दै याहवेहले एउटा अचम्मको काम गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब मानोहले एक चट्टानमा एउटा बाख्राको पाठो बलिदान चढाए। उसले बाख्राको बलि चढाए र अन्न बलि परमप्रभुलाई अर्पण गरे जसले आश्चर्यजनक कुराहरू गर्नु हुन्छ।