Judges 13:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[20-21] वेदीबाट एउटा आगोको ज्वाला निस्क्यो र त्यस बेला परमेश्वरका दूत ज्वालासँगै स्वर्गतिर गएको मानोह र उसकी स्वास्नीले देखे। तब मानोहले थाहा पायो कि ती मानिस परमप्रभुका दूत रहेछन् र ऊ आफ्नी स्वास्नीसँग भूइँमा घोप्टो पर्यो। फेरि तिनीहरूले परमेश्वरको दूतलाई कहिल्यै पनि देखेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब त्यस वेदीबाट स्वर्गतिर एउटा ज्वाला उठ्यो, तब ज्वालासँगै परमप्रभुका दूत मास्तिर गए। यो देखेर मानोह र तिनकी पत्नी घोप्टो परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो ज्वाला वेदीबाट आकाशतिर जलेर जाँदै गर्दा याहवेहका दूत त्यस ज्वालामा उक्लेर गए। त्यो देखेर मानोह र तिनकी पत्नी भुइँमा घोप्टो परे।
Nepali ERV (पवित्र बाइबल)
मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरिरहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठदै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो। जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँइतिर पारेर शिर झुकाए।