Judges 13:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यसकी स्वास्नीले भनी, “यदि परमप्रभुले हामीलाई मार्ने इच्छा गर्नुभएको हुँदो हो त उहाँले हाम्रा बलिदान ग्रहण गर्नुहुने थिएन। यी सबै कुरा हामीलाई देखाउनुहुने थिएन अनि ती सबै कुरा हामीलाई त्यस बेला सुनाउनु पनि हुनेथिएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनकी पत्नीले जवाफ दिइन्, “परमप्रभुले हामीलाई मार्ने नै इच्छा गर्नुभएको भए उहाँले हाम्रा हातका होमबलि र अन्नबलि ग्रहण गर्नुहुनेथिएन र यी सबै कुरा देखाउनुहुनेथिएन वा भन्नुहुनेथिएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनकी पत्नीले भनिन्, “यदि याहवेहले हामीलाई मार्ने विचार गर्नुभएको भए उहाँले हाम्रा हातबाट होमबलि र अन्नबलि ग्रहण गर्नुहुनेथिएन, न त यो कुरा हामीलाई देखाउनुहुनेथियो, अथवा बताउनुहुनेथियो।”
Nepali ERV (पवित्र बाइबल)
तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।”