Judges 13:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस आइमाईले गएर आफ्नो लोग्नेलाई भनी, “परमेश्वरका एक जना मानिस मकहाँ आए। परमेश्वरको दूतझैँ तिनी डरलाग्दा देखिन्थे। तिनी कहाँबाट आएका थिए, मैले सोधिनँ। उनले पनि मलाई आफ्नो नाम बताएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती स्त्री गएर आफ्ना पतिलाई यसो भनेर बताइदिइन्, “परमेश्वरका एक जना मानिस मकहाँ आए। तिनको मोहड़ा परमेश्वरका दूतको झैँ थियो, र हेर्नमा अति भययोग्य थियो। तिनी कहाँबाट आएका हुन् भनी मैले तिनलाई सोधिनँ, र तिनले पनि मलाई आफ्नो नाउँ बताएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती स्त्री आफ्नो पतिकहाँ गइन्, र तिनलाई यसो भनिन्, “परमेश्वरका एक जना मानिस मकहाँ आए। तिनी परमेश्वरका दूतझैँ अति भययोग्य देखिन्थे। मैले तिनलाई तिनी कहाँबाट आएका हुन् भनी सोधिनँ। अनि तिनले पनि मलाई आफ्नो नाम बताएनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि ती स्त्री आफ्ना पतिकहाँ गइन् अनि घटेका कुरा उसलाई भनिन्। तिनले भनी, “परमेश्वरबाट एउटा व्यक्ति म कहाँ आए। ती परमेश्वरको दूत जस्तै देखिन्थ्यो। उसले मलाई भयभीत तुल्यायो। त्यो कहाँबाट आएको थियो त्यो मैले सोधें। उसले मलाई आफ्नो नाउँ भनेन।