Judges 13:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उनले भने कि म गर्भवती हुनेछु र एउटा छोरो जन्‍माउनेछु र मैले दाखमद्य वा कुनै प्रकारको मादक पदार्थ पिउनुहुँदैन र मनाही गरेका कुनै पनि कुरा खानुहुँदैन, कारण बालकलाई परमेश्‍वरको निम्‍ति अलग छुट्याउनुपर्नेछ अनि आफ्‍नो जीवनभरि ऊ परमेश्‍वरको ‘नाजिरी’ भइरहनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एक जना छोरा जन्‍माउनेछौ। आजदेखि उसो तिमीले दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू र अशुद्ध भोजन नखानू, किनभने त्‍यो केटो जन्‍मेको दिनदेखि मर्ने दिनसम्‍मै परमेश्‍वरको निम्‍ति अलग गरिएको नाजिरी हुनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनले मलाई भने, ‘तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। अब तिमीले दाखमद्य अथवा अरू मत्ताउने पेय नपिउनू र कुनै अशुद्ध कुरो नखानू; किनकि त्यो केटो गर्भधारणदेखि उसको मृत्युसम्म नै परमेश्‍वरका निम्ति एक नाजिरी हुनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर उसले मलाई भन्यो, ‘तिमी गर्भवती छौ अनि एउटा छोरा जन्माउने छौ। कुनै दाखरस वा अरू पिउने कडा पदार्थ नपिउनु। कुनै अशुद्ध भोजन नखानु। किन? किनभने त्यो बालकलाई परमेश्वर प्रति विशेष रूपले जन्मेदेखि मृत्युको दिनसम्म नै समर्पण गरिनेछ।”‘