Judges 13:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मानोहले परमप्रभुलाई प्रार्थना गर्यो, “हे परमप्रभु, कृपा गरी तपाईंले हामीकहाँ पठाउनुभएको मानिस फेरि हामीकहाँ पठाइदिनुहोस् र बालक जन्मेपछि हामीले ऊसँग के-कसो गर्नुपर्ने हो, उनले हामीलाई बताऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मानोहले परमप्रभुलाई यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, बिन्ती छ, तपाईंले पठाउनुभएका, परमेश्वरका ती मानिस फेरि एक पल्ट आऊन् र त्यो जन्मने बालकलाई हुर्काउन हामीले के गर्नुपर्छ सो हामीलाई बताइदेऊन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मानोहले याहवेहकहाँ प्रार्थना गरे, “हे प्रभु, जन्मन लागेको बालकलाई कसरी हुर्काउने भनी हामीलाई सिकाउनका निम्ति हामीकहाँ पठाइएका परमेश्वरका जन फेरि आऊन् भनी म तपाईंसित बिन्ती गर्छु।”
Nepali ERV (पवित्र बाइबल)
तब मानोहले परमेप्रभुलाई प्रार्थना गरे। तिनले भने, “परमप्रभु म बिन्ती गर्छु तपाईंले पठाउनुभएको मानिसलाई फेरि हामीकहाँ पठाइ दिनुहोस्। हामी चाहन्छौ कि अब चाँडै जन्मने छोराको निम्ति हामीले के गर्नु पर्ने उसले हामीलाई सिकाऊन्।”