Judges 14:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[12-13] शिमशोनले तिनीहरूलाई भने, “तिमीहरू एउटा अड्को सुन, म भन्छु। यस अड्कोको अर्थ फुकाउन सक्यौ भने म एक-एक सरो मिहिन सुतीका कपडा र एक-एक सरो लाउने वस्त्र तिमीहरूलाई दिनेछु, नत्र तिमीहरूले मलाई दिनुपर्नेछ। तर यसको अर्थ विवाहको भोज चल्ने सात दिनभित्रमा तिमीहरूले खोल्नुपर्नेछ।” तिनीहरूले भने, “तिमीले आफ्नो अड्को भन, हामी सुन्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। यी सात दिनको भोजको समयमा तिमीहरूले त्यो अड्को फुकाउन सक्यौ भने म तिमीहरूलाई तीस थान कपड़ा र तीस जोर लाउने लुगा दिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमशोनले तिनीहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्छु। मलाई त्यसको जवाफ भोजको सात दिनभित्र तिमीहरूले दिन सक्यौ भने म तिमीहरूलाई तीस थान सुती कपडा र तीस जोर लगाउने लुगा दिनेछु।
Nepali ERV (पवित्र बाइबल)
तब शिमशोनले ती तीस मानिसहरूलाई भने, “म तिमीहरूलाई एउटा अड्को थाप्न चाहन्छु। यो भोज सात दिनसम्म रहने छ। त्यो समय भित्र उत्तर पाउने कोशिश गर। यदि तिमीहरूले अड्कोको उत्तर त्यो समय भित्र दियौ भने म तिमीहरूलाई तीसवटा मलमलको कमेज अनि तीस जोर लाउने लुगाहरू दिनेछु।