Judges 14:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमशोनकी स्वास्नी रुँदै उसकहाँ गई र भनी, “तपाईंले मलाई माया गर्नुहुन्न। तपाईंले मलाई घृणा मात्र गर्नुहुन्छ। तपाईंले मेरा साथीहरूलाई एउटा अड्को थाप्नुभएको छ। तर त्यसको अर्थ मलाई बताउनुभएको छैन।” उनले भने, “हेर, मैले मेरा आमा-बुबालाई पनि भनेको छैनँ। तिमीलाई किन भन्थें?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शिमशोनकी पत्नीले तिनको सामु रोई-रोईकन भनी, “तपाईं मलाई घृणा गर्नुहुन्छ। तपाईं मलाई प्रेम गर्नुहुन्न। तपाईंले मेरा भाइबन्धुहरूलाई एउटा अड्को थाप्नुभएको छ, तर त्यो मलाई बताउनुभएको छैन।” तिनले त्यसलाई भने, “मैले त त्यो मेरा माता-पितालाई पनि भनेको छैनँ, र के त्यो तिमीलाई भन्नु?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शिमशोनकी पत्नीले उनलाई अँगालो हालेर रुँदै भनिन्, “तपाईंले मलाई घृणा गर्नुहुँदो रहेछ! तपाईंले मलाई साँच्चै माया गर्नुहुँदो रहेनछ। तपाईंले मेरा मानिसहरूलाई अड्को थाप्नुभयो, तर मलाईचाहिँ त्यसको जवाफ बताउनुभएको छैन।” उनले जवाफ दिए, “हेर, यो त मैले मेरा आमा र बुबालाई पनि बताएको छैनँ; तब के म त्यो तिमीलाई बताऊँ?”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ शिमशोनकी पत्नी उसकहाँ गइन् अनि रून थालिन्। तिनले भनिन्, “तिमीले मलाई घृणा गर्छौ। तिमीले वास्तवमा मलाई प्रेम गर्दैनौ। तिमीले मेरो मानिसहरूलाई एउटा अड्को भन्यौ अनि तिमीले मलाई त्यसको उत्तर भन्दैनौ।” तर शिमशोनले तिनलाई भने, “मैले मेरो बाबु-आमालाई पनि भनेको छैन। के मैले तिमीलाई भन्नु?”