Judges 14:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भोजको सात दिनसम्‍म त्‍यसको लागि उनकी स्‍वास्‍नी रोइरही। तर सातौँ दिनमा शिमशोनले अड्कोको अर्थ स्‍वास्‍नीलाई बताइदिए, कारण यसबारे त्‍यसले साह्रै जिद्दी गरेकी थिई। त्‍यसले त्‍यो अर्थ पलिश्‍तीहरूलाई बताइदिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर भोजको सात दिन समाप्‍त नहोउञ्‍जेल त्‍यो तिनको सामुन्‍ने रोइबसी। यसैले सातौँ दिनमा त्‍यसले साह्रै जिद्दी गरेकी हुनाले तिनले त्‍यसलाई बताइदिए, र त्‍यसले त्‍यो अड्‌को आफ्‍ना भाइबन्‍धुहरूलाई बताइदिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनी भोजको सात दिनसम्मै रोइरही। यसकारण आखिरमा उनले तिनलाई सातौँ दिनमा बताइदिए; किनकि तिनले उनलाई कर गरिरहिन्। तिनले उनको अड्को आफ्ना मानिसहरूलाई बताइदिइन्।
Nepali ERV (पवित्र बाइबल)
शिमशोनकी पत्नी भोजको सातौं दिन अर्थात अन्तिम दिनसम्म रोइरहिन्। यसर्थ आखिरमा उसले तिनलाई सातौं दिनमा अड्कोको उत्तर बताई दिए। किनभने उसले तिनलाई दिकदारी बनाईरहेकी थिईन्। त्यसपछि तिनले आफ्ना मानिसहरूकहाँ गइन् अनि तिनीहरूलाई अड्कोको उत्तर भनिदिइन्।