Judges 14:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सातौँ दिनमा शिमशोन सुत्‍ने कोठामा जान लाग्‍दा सहरबासीहरूले उनलाई भने, “महभन्दा के मीठो? सिंहभन्दा को बलियो?” शिमशोनले उत्तर दिए, “मेरी कोरलीलाई नजोतेको भए, तिमीहरूले अर्थ जान्‍ने थिएनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसै दिन सूर्य अस्‍ताउन अघि सहरका मानिसहरूले शिमशोनलाई भने, “महभन्‍दा गुलियो के हुन्‍छ र? सिंहभन्‍दा बलियो के हुन्‍छ र?” शिमशोनले भने, “मेरो कोरलीलाई नजोतेका भए तिमीहरूले यो अड्‌को फुकाउन सक्‍नेथिएनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सातौँ दिनको सूर्यास्त पहिले नै सहरका ती मानिसहरूले शिमशोनलाई भने, “महभन्दा गुलियो के हुन्छ र? सिंहभन्दा बलियो के हुन्छ र?” शिमशोनले उनीहरूलाई भने, “यदि तिमीहरूले मेरी कोरलीलाई नजोतेका भए, “तिमीहरूले मेरो अड्को समाधान गर्ने थिएनौ।”
Nepali ERV (पवित्र बाइबल)
यसरी भोजको सातौं दिनमा सूर्य अस्ताउनु अघि ती पलिश्ती मानिसहरूले उत्तर पाए। तिनीहरू शिमशोन कहाँ आए अनि भने, “महभन्दा गुलियो के हुन्छ? सिंहभन्दा बलियो के हुन्छ?” तब शिमशोनले तिनीहरूलाई भने, “यदि तिमीहरूले मेरो कोरलीलाई नजोतेको भए तिमीहरूले मेरो अड्को समाधान गरेका हुने थिएनौ।”