Judges 14:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अचानक परमप्रभुको शक्तिले शिमशोन बलवान् भए र उनी अश्कलोनमा गए। त्यहाँ उनले तीस जना मानिसहरू मारे र तिनीहरूका वस्त्र काढी ती अड्को फुकाउने मानिसहरूलाई दिए। त्यसपछि रिसले चुर भएर उनी घर फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुका आत्मा झट्टै शिमशोनमा आउनुभयो। तिनी तल अश्कलोनमा गए, र त्यहाँ तिनले तीस जना मान्छे मारे, र उनीहरूका चीजबीज उतारेर उनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। तर तिनलाई साह्रै रीस उठ्यो, र तिनी आफ्ना बुबाको घरमा गइहाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। तिनी तल अश्कलोनमा झरे, र तिनीहरूका तीस जना मानिसहरूलाई मारे। तिनीहरूका सबै कुरा खोसे, र तिनीहरूका लुगाहरू ती अड्को फुकाउने मानिसहरूलाई दिए। तिनी रिसले चुर भएर आफ्ना बुबाको घरतिर गए।
Nepali ERV (पवित्र बाइबल)
शिमशोन अत्यन्त क्वोधित भए। परमप्रभुको आत्मा विशाल शक्ति सहित शिमशोन माथि आउनुभयो। ऊनी अश्कलोन शहर तिर झरे। त्यस शहरमा उसले तीस जना पलिश्ती मानिसहरूलाई मारिदिए। त्यसपछि तिनले ती मृत देहबाट सबै वस्त्रहरू अनि सम्पत्तिहरू लिए। तिनले ती वस्त्रहरू फर्काइ ल्याए अनि ती मानिसहरूलाई दिए जसले उसको अडूको को उत्तर दिएका थिए। त्यसपछि तिनी आफ्ना पिताको घरमा गए। 20शिमशोनले उसकी नयाँदुलहीलाई आफू-सँग लगेनन्। विवाहको लोकन्तेले तिनलाई राखे।