Judges 14:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर उनका आमा-बुबाले सोधे, “खतना नगर्ने पलिश्तीहरूका बीचदेखि तैँले स्वास्नी ल्याउनुपर्छ? हाम्रै कुलमा, हाम्रै जातिमा एउटी केटी पाउन सकिनस्?” तर शिमशोनले बुबालाई भने, “मलाई त्यही केटी मन पर्यो। मलाई त्यही केटी ल्याइदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका आमा-बुबाले तिनलाई भने, “के हाम्रो आफ्नै कुटुम्बमा अथवा हाम्रै आफ्नो जातिमा कोही स्त्री छैन, र खतना नभएका पलिश्तीहरूकी स्त्रीलाई तैंले विवाह गर्नुपर्छ?” तर शिमशोनले आफ्ना बुबालाई भने, “ती स्त्री नै मेरो निम्ति ल्याइदिनुहोस्। तिनी नै मेरो निम्ति ठीक छिन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनका बुबा र आमाले जवाफ दिए, “के तेरा आफन्तहरूमध्ये अथवा हाम्रा सबै मानिसहरूमध्ये कुनै ग्रहणयोग्य स्त्री छैन? के तैँले खतना नभएका पलिश्तीहरूबाट नै पत्नी ल्याउनुपर्छ र?” तर शिमशोनले आफ्ना बुबालाई भने, “मलाई त्यही स्त्री नै ल्याइदिनुहोस्। मेरो लागि तिनी नै उपयुक्त छिन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनका बाबु आमाले भने, “तर निश्चयनै इस्राएलका कुटुम्बमा एउटी केटी होली जसलाई तैंले विवाह गर्न सक्छस्। के तैंले पलिश्ती मानिसहरूकी कन्यालाई विवाह गर्नु पर्छ? ती मानिसहरूको खतना भएको छैन्।” तर शिमशोनले भने, “मलाई त्यही केटी ल्याई दिनुहोस्। मैले चाहेको त्यही मात्र हो।”