Judges 14:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले शिमशोनलाई त्‍यसो गर्न लाउँदै हुनुहुन्‍छ भनी उसका आमा-बुबाले चाल पाएनन्। पलिश्‍तीहरूसँग लडाइँ गर्नलाई उहाँले एउटा उपाय निकाल्‍दै हुनुहुन्‍थ्‍यो। तिनताका पलिश्‍तीहरूले इस्राएलमाथि राज गर्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्‍तीहरू, जो त्‍यस बेला इस्राएलका शासक थिए, उनीहरूका विरुद्धमा परमप्रभुले मौका हेर्दैहुनुहुन्‍छ र यसमा परमप्रभुको हात छ भनी तिनका आमा-बुबालाई थाहा थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(यो याहवेहबाट नै भएको हो, जसले पलिश्तीहरूका विरुद्धमा अवसर खोजिरहनुभएको थियो भन्‍ने कुरा उनका आमा र बुबालाई थाहा थिएन। त्यस बेला तिनीहरूले इस्राएलमाथि शासन गरिरहेका थिए।)
Nepali ERV (पवित्र बाइबल)
शिमशोनका बाबु-आमालाई यो थाहा थिएन कि परमप्रभुले यस्तो गराउन चाहनु भएको हो। परमप्रभुले पलिश्ती मानिसहरूको विरूद्ध घटनाहरू केही घटाउनलाई उपाय गरिरहनु भएको थियो। पलिश्ती मानिसहरूले त्यस समय इस्राएलका मानिसहरू माथि शासन चलाइरहेका थिए।