Judges 14:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब आफ्ना आमा-बुबासँग शिमशोन तिम्नामा गए। दाखबारीबाट भएर जाँदैगर्दा उनले एउटा जवान सिंह गर्जेको सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमशोन आफ्ना आमा-बुबासँग तिम्नामा झरे, र जब तिनीहरू त्यहाँका दाखबारीहरूमा पुगे तब एउटा जवान सिंहले गर्जंदै शिमशोनलाई झम्ट्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शिमशोन आफ्ना आमा र बुबासित तिम्नामा झरे। जब तिनीहरू तिम्नाका दाखबारीमा पुगे, तब अचानक एउटा जवान सिंह गर्जँदै शिमशोनमाथि झम्टियो।
Nepali ERV (पवित्र बाइबल)
शिमशोन उसको बाबु-आमा सँगै तल तिम्नामा गए। तिनीहरू शहर बाहिरको दाखबारीमा आए, त्यस ठाउँमा एउटा जवान सिंह गर्ज्यो अनि शिमशोनतिर झम्ट्यो।