Judges 14:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको शक्ति त्‍यति बेला झट्टै शिमशोनमा उत्रियो र खालि हातले त्‍यस सिंहलाई पक्रेर एउटा पाठोलाई जस्‍तै उनले च्‍यातचुत्त पारिदिए। आफूले गरेको यो काम उनले आमा-बुबालाई सुनाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुका आत्‍मा झट्टै शिमशोनमा आउनुभयो, र तिनको हातमा केही हतियार नभए तापनि तिनले त्‍यस सिंहलाई एउटा पाठालाई झैँ च्‍यातचुत गरिदिए। तर आफूले गरेको कुरो तिनले आफ्‍ना आमा-बुबालाई भनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको आत्मा झट्टै उनीमाथि शक्तिसाथ आउनुभयो, र उनले त्यस सिंहलाई खाली हातले पाठोलाई झैँ च्यातिदिए। तर आफूले जे गरेका थिए, त्यो कुरा उनले आफ्ना आमाबुबालाई बताएनन्।
Nepali ERV (पवित्र बाइबल)
शिमशोनको शरीरमा भयंङ्कर शक्तिसित परमप्रभुको आत्मा आउनुभयो। उसले आफ्ना खाली हातले सिंहलाई टुक्वा-टुक्वा पारिदिए। यो उसलाई सजिलो लाग्यो। यो एउटा बाख्राको पाठालाई टुक्वा पारे जतिकै सजिलो थियो। तर शिमशोनले जे गरे त्यो उसले बाबु-आमालाई भनेनन्।