Judges 14:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही दिनपछि त्‍यो केटीसँग विवाह गर्न शिमशोन त्‍यहाँ गए। त्‍यसरी जाँदा उनी बाटो छोडेर अघि आफूले मारेको सिंहलाई हेर्न गए। सिंहको शरीरमा मह, एक हुल मौरी र चाका देखेर उनी छक्‍कै परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही समयपछि त्‍यसलाई विवाह गर्नलाई तिनी फेरि तल झरे। त्‍यस सिंहको सिनु हेर्नलाई तिनी त्‍यतातिर लागे, र त्‍यसमा मौरीसमेतको चाका देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि उनी तिनलाई विवाह गर्न भनी फर्केर जाँदा उनी त्यही सिंहको सिनो हेर्नलाई त्यतातिर लागे। उनले त्यसमा मौरीका एक हुल र केही मह देखे।
Nepali ERV (पवित्र बाइबल)
धेरै दिनपछि त्यस पलिश्ती केटीसित बिवाह गर्न शिमशोन फर्केर आए। उनी बाटोमा त्यो मरेको सिंहलाई हेर्न गए। उसले मरेको सिंहको शरीरमा मौरीका गोला भेट्टाए। तिनीहरूले केही मह बनाएका थिए।