Judges 14:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले हातले केही मह काढेर लिए र हात चाट्दै बाटो लागे। आफ्‍ना आमा-बुबालाई भेटेर उनले तिनीहरूलाई पनि मह दिए र तिनीहरूले पनि मह खाए। तर मरेको सिंहको शरीरबाट त्‍यो मह काढी निकालेको कुरा शिमशोनले आफ्‍ना आमा-बुबालाई बताएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले मह काढ़ेर हात चाट्‌दै गए। जब तिनी आफ्‍ना आमा-बुबाकहाँ आइपुगे तब तिनीहरूलाई पनि केही मह दिए, र तिनीहरूले पनि खाए। तर आफूले त्‍यो मह सिंहको सिनुबाट काढ़ेको कुरो तिनले तिनीहरूलाई बताएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले आफ्नो हातबाट मह झिकेर खाँदै गए। तब आफ्ना आमाबुबालाई भेटेर उनले तिनीहरूलाई केही मह दिए, र तिनीहरूले पनि खाए। तर उनले त्यो मह सिंहको सिनोबाट निकालेको कुरा तिनीहरूलाई बताएनन्।
Nepali ERV (पवित्र बाइबल)
शिमशोनले केही मह आफ्ना हातले उठाए। तिनी मह खाँदै हिंडे। जब तिनी आफ्ना बाबु-आमा कहाँ आए उसले उनीहरूलाई केही मह दिए। उनीहरूले पनि त्यो खाए। तर शिमशोनले आफ्ना बाबु-आमालाई त्यो मह मरेको सिंहको शरीरबाट लिएको भनी भनेनन्।