Judges 15:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि गहुँको कटनीको बेलामा आफ्नी स्वास्नीलाई भेट्न एउटा बाख्राको पाठो लिएर शिमशोन गए। उनले ससुरालाई भने, “म मेरी स्वास्नीको कोठामा जान चाहन्छु।” तर ससुराले उनलाई कोठाभित्र पस्न दिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही समयपछि गहूँका फसलको बेलामा एउटा पाठो लिएर शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले भने, “मेरी पत्नीको कोठामा म जान चाहन्छु।” तर त्यसका बुबाले तिनलाई जान दिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि गहुँ कटनीको समयमा शिमशोनले एउटा कलिलो पाठो लिएर आफ्नी पत्नीलाई भेट्न गए। उनले भने, “म आफ्नी पत्नीको कोठामा जाँदैछु।” तर तिनका बुबाले उनलाई जान दिएनन्।
Nepali ERV (पवित्र बाइबल)
गहुँको फसल कटनीको समयमा शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले आफूसित भेटी स्वरूप एउटा बाख्राको पाठो लगे। तिनले भने, “म मेरो पत्नीको कोठामा जाँदैछु।” तर उनका बाबुले शिमशोनलाई भित्र जान दिएनन्।