Judges 15:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाबासीहरूले सोधे, “तिमीहरू किन हामीमाथि आक्रमण गर्दछौ?” तिनीहरूले उत्तर दिए, “हामी शिमशोनलाई कैद गरेर त्‍यसले हामीसित गरेझैँ त्‍योसँग पनि गर्नलाई आएका छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका मानिसहरूले भने, “तिमीहरूले किन हामीमाथि चढ़ाइ गर्‍यौ?” उनीहरूले जवाफ दिए, “हामी शिमशोनलाई पक्रन आएका छौं। त्‍यसले हामीलाई गरेझैँ हामी त्‍यससँग गर्नेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदाका मानिसहरूले सोधे, “तपाईंहरू किन हामीसित लडाइँ गर्न आउनुभयो?” तिनीहरूले जवाफ दिए, “हामी शिमशोनलाई कैदी बनाउन र उनले हामीलाई जे गरेका छन्, त्यो उनलाई गर्न आएका हौँ।”
Nepali ERV (पवित्र बाइबल)
यहूदा कुल समूहका मानिसहरूले तिनीहरूलाई सोधे, “तिमी पलिश्ती मानिसहरू किन हामीसित लड्न यहाँ आयौ?” उनीहरूले उत्तरदिए, “हामी शिमशोनलाई पक्रन आएका हौं। हामी तिनलाई हाम्रो कैदी तुल्याउन चाहन्छौं। हामी तिनलाई हाम्रा मानिसहरू प्रति तिनले गरेका कुराहरूका निम्ति दण्ड दिन चाहन्छौं।”