Judges 15:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी तीन हजार यहूदीहरू एतामको पहराका ओडारमा गएर शिमशोनलाई भने, “पलिश्‍तीहरू हाम्रा शासकहरू हुन् भनी तिमी जान्‍दैनौ? तिमीले हामीसँग यो के गरेको?” उनले उत्तर दिए, “तिनीहरूले मसँग जसो गरे, तिनीहरूसँग मैले त्‍यसै गरें।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यहूदाबाट तीन हजार मानिसहरू एतामका पहरोको ओड़ारमा झरे। तिनीहरूले शिमशोनलाई भने, “पलिश्‍तीहरू त हाम्रा शासक हुन्‌ भन्‍ने कुरो तपाईंलाई थाहै छ। अब हेर्नुहोस्, तपाईंले हामीमाथि के गर्नुभयो?” तिनले भने, “मैले त उनीहरूले जस्‍तो मसँग गरे त्‍यस्‍तै मात्र गरेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहूदाबाट तीन हजार मानिसहरू एतामको पहरामा भएको गुफामा झरेर गए, र शिमशोनलाई भने, “पलिश्तीहरू हामीमाथि शासन गर्नेहरू हुन् भनेर के तिमी जान्दैनौ? तिमीले हामीमाथि यो के गर्‍यौ?” उनले जवाफ दिए, “मैले तिनीहरूले ममाथि जे गरे, त्यो मात्र तिनीहरूलाई गरेँ।”
Nepali ERV (पवित्र बाइबल)
तब यहूदाका कुल समूहका 3,000 मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान नजिकको ओडरमा गए। तिनीहरूले तिनलाई भने, “तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिश्ती मानिसहरू हामी माथि शासन गर्छन् भनी?” शिमशोनले उत्तर दिए, “तिनीहरूले म प्रति गरेका कुराहरूका निम्ति म केवल तिनीहरूलाई दण्ड दिन्छु।”