Judges 15:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब उनीहरू लहीमा पुगे, पलिश्तीहरू चिच्च्याउँदै उनीतर्फ दगुरेर आए। अचानक उनी परमेश्वरको शक्तिले भरिए र आफ्ना हात-खुट्टा बाँधेका डोरी डढेको धागोझैँ उनले चुँडाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी लहीमा पुग्न लाग्दा पलिश्तीहरूले तिनीतिर चिच्च्याउँदै आए। तब परमप्रभुका आत्मा झट्टै तिनीमा आउनुभयो, र तिनका पाखुरामा भएका डोरीहरू डढ़ेका सनपाटझैँ भए, र तिनका बन्धनहरू चुँड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनी लहीमा पुग्दा पलिश्तीहरू तिनीकहाँ चिच्याउँदै आए। तब याहवेहका आत्मा उनीमाथि शक्तिसाथ आउनुभयो। उनका पाखुरामा भएका डोरीहरू डढेका सनपाटझैँ भए। अनि ती बन्धनहरू उनका हातहरूबाट फुस्के।
Nepali ERV (पवित्र बाइबल)
जब शिमशोन लही भनिने ठाउँमा आए पलिश्तीहरू तिनलाई भेटून आए। तिनीहरू खुशीले कराउँदै थिए। तब परमप्रभुको आत्मा भयानक शक्तिसित शिमशोन माथि आउँनुभयो। शिमशोनले डोरी चुँडए। त्यो डोरी जलेको धागो जस्तै कमजोर देखिन्थ्यो। ती डोरी तिनका पाखुराबाट झरे मानौं तिनीहरू पग्लिएका थिए।