Judges 15:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब शिमशोनलाई साह्रै तिर्खा लाग्‍यो। उनले परमेश्‍वरलाई पुकारेर भने, “तपाईंले मलाई यो ठूलो विजय दिनुभयो। अब के म तिर्खाले मर्नुपर्ने र यी बेखतने पलिश्‍तीहरूका हातमा पर्नुपर्ने?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तिनलाई साह्रो तिर्खा लाग्‍यो र कराएर परमप्रभुको पुकारा गरेर यसो भने, “तपाईंले आफ्‍नो दासलाई यो ठूलो विजय दिनुभयो, र अब के म तिर्खाले मर्नु? यी बेखतनाका हातमा पर्नु?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनी खूबै तिर्खाएका हुनाले तिनले याहवेहको पुकार गरे, “तपाईंले आफ्नो सेवकलाई महान् विजय दिनुभएको छ। के अब म तिर्खाले मरूँ? ती खतना नभएकाहरूका हातमा परूँ?”
Nepali ERV (पवित्र बाइबल)
शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”