Judges 15:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्यहाँ लहीमा जमिन फुटाएर परमेश्वरले एउटा खाल्डो बनाउनुभयो र त्यहाँबाट पानी फुटी निस्क्यो। पानी पिएर शिमशोन ताजा भए। त्यसकारण पानीको मूलको नाम एन-हक्कोरे राखियो। त्यो अझसम्म लहीमा छँदैछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले लहीमा भएको खाल्डोलाई चिरेर फुटाइदिनुभयो, र त्यहाँबाट पानी फुटेर निस्क्यो। शिमशोनले त्यो पानी पिए, र तिनको ताकत फर्क्यो र तिनी फेरि ताजा भए। यसैकारण लहीको मूललाई आजको दिनसम्म पनि एन-हक्कोरे भन्दछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब परमेश्वरले लहीमा एउटा खाल्डो बनाउनुभयो, र त्यहाँबाट पानी फुटेर निस्क्यो। शिमशोनले पानी पिएपछि उनको बल फर्कियो, र उनी ताजा भए। यसकारण त्यो मूल फुटेको ठाउँलाई एन-हक्कोरे भनियो, र त्यो अझसम्म लहीमा छँदैछ।
Nepali ERV (पवित्र बाइबल)
लहीमाको भूइँमा एक खाल्डो थियो। परमेश्वरले त्यो खाल्डो चिरेर खोलि दिनुभयो अनि पानी बाहिर निस्कियो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।