Judges 15:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले शिमशोनलाई भने, “मैले सोचें कि साँच्‍चै नै तिमीले त्‍यसलाई घिन गर्दछौ। यसैले तिम्रा साथीसँग मैले त्‍यसको विवाह गरिदिएँ। त्‍यसकी बहिनी अझ राम्री छे। त्‍यसलाई तिमी लैजाऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका बुबाले भने, “तिमीले त्‍यसलाई घृणा गर्‍यौ भन्‍ने कुरा मलाई निश्‍चय भएको हुनाले मैले त त्‍यसलाई तिम्रो लोकन्‍तलाई दिएँ। त्‍यसकी बहिनी त्‍योभन्‍दा राम्री छे— अब त्‍यसलाई नै लैजाऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले भने, “तिमीले तिनलाई घृणा गर्छौ भन्‍ने मलाई पक्‍का थाहा भएकोले मैले त तिनलाई तिम्रो साथीलाई दिएँ। के तिनकी बहिनी तिनीभन्दा राम्री छैन र? बरु तिनलाई लैजाऊ।”
Nepali ERV (पवित्र बाइबल)
उनका बाबुले शिमशोनलाई भने, “मैले सोचें तिमीले उसलाई घृणा गर्छौ। यसर्थ मैले उसलाई विवाहको लोकन्तेसंग विवाह गरि दिएँ। उसकी कान्छी बहिनी अझ सुन्दरी छे। कान्छी बहिनीलाई लैजाऊ।”