Judges 15:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राँको सल्काएर उनले स्यालहरूलाई पलिश्तीहरूका अन्नबारीमा छोडिदिए। यसरी काटिराखेको अन्नबाली मात्र होइन तर खेतमा खडा रहेको बालीनाली पनि स्वाहा पारिदिए। जैतुनका बारी पनि जलाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि तिनले ती राँकाहरू जलाए र ती स्यालहरूलाई पलिश्तीहरूका पाकिरहेका अन्नका बारीहरूमा छोड़िदिए। तिनले पाकिरहेका अन्न र बिटासमेत दाखबारी र भद्राक्षका बगैँचाहरू पनि डढ़ाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब राँकाहरू सल्काएर ती स्यालहरूलाई पलिश्तीहरूका अन्नको खेतमा छोडिदिए। उनले खेतमा रहेको अन्न र बाँधेर राखेको बिटा, र दाखबारी र जैतुनका बगैँचा जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
शिमशोनले स्यालहरूका पुच्छर माझमा भएका राँकोहरू जलाए। त्यसपछि तिनले ती स्यालहरूलाई पलिश्ती मानिसहरूका अन्नबाली तिर धपाई दिए। यस प्रकार तिनले तिनीहरूको खेतमा उम्रिरहेका बोटहरू अनि तिनीहरूले काटेका अन्नका थाकहरू डडाइ दिए। तिनले तिनीहरूका दाखका खेतहरू अनि भद्राक्षका बगैंचाहरू पनि जलाई दिए।