Judges 15:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्तीहरूले यस्तो नाश गर्ने को हो भनी सोध-खोज गरे। उनका तिम्नाबासी ससुराले उनकी स्वास्नीलाई साथीसँग विवाह गरिदिएकाले शिमशोनले यसो गरेका रहेछन् भनी पलिश्तीहरूले थाहा पाए। यसकारण पलिश्तीहरूले त्यस स्त्री र उसका बुबाको घरमा आगो लगाएर भस्म पारिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पलिश्तीहरूले सोधे, “यो कसले गरेको हो?” तिम्नाका तिनका ससुरोले शिमशोनकी पत्नी तिनको लोकन्तलाई दिएकोले शिमशोनले यो सब गरेको हो भनी उनीहरूले सुने। तब पलिश्तीहरू गएर त्यसलाई र त्यसका बुबालाई जलाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पलिश्तीहरूले सोधे, “यो कसले गरेको हो?” तब तिनीहरूलाई यसो भनियो, “किनकि उनकी पत्नी उनका साथीलाई दिएकोले तिम्नाका जुवाइँ शिमशोनले यो सबै गरेका हुन्।” यसकारण पलिश्तीहरू गए; अनि ती स्त्री र तिनका बुबालाई जलाइदिए।
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती मानिसहरूले सोधे, “यो कसले गर्यो?” शिमशोनले तिनीहरूलाई भने, “शिमशोनले यसो गरे। किनभने उनको ससुराले शिमशोनकी पत्नीलाई तिनको विवाहको लोकन्तेलाई दिए।” यसर्थ पलिश्ती मानिसहरूले शिमशोनकी पत्नी र उसका बाबुलाई जलाएर मारिदिए।