Judges 16:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण दलीलाले नयाँ डोरीहरू ल्‍याएर उसलाई बाँधी। तब त्‍यो कराई, “शिमशोन, पलिश्‍तीहरू आए है!” ती मानिसहरू अर्को कोठामा पर्खिरहेका थिए। तर धागोजस्‍तै ती डोरीहरू उनले चुँडाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले दलीलाले नयाँ डोरीहरू ल्‍याएर तिनलाई बाँधी। त्‍यस बेला पनि मानिसहरू भित्री कोठामा लुकिबसेका थिए। तब त्‍यसले कराएर भनी, “शिमशोन, पलिश्‍तीहरू तपाईंमाथि आइलागे है।” तर तिनले आफ्‍ना पाखुराका डोरीहरू धागोजस्‍तै चुँड़ाइदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण दलीलाले नयाँ डोरीहरू ल्याई, र ती डोरीहरूले उनलाई बाँधी। त्यसले कोठामा मानिसहरूलाई लुकाइराखेकी थिई। तब त्यसले कराएर भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” तर उनले ती पाखुराका डोरीहरूलाई धागोझैँ चुँडाइदिए।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ दलीलाले केही नयाँ डोरीहरू लिइन् अनि शिमशोनलाई बाँधिन्। कोही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्विन आइरहेछन्।” तर तिनले धागो चुँडएको जस्तै ती डोरीहरू सजिलै चुँडए।