Judges 16:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दलीलाले शिमशोनलाई भनी, “तिमीले अझै मलाई मूर्ख बनाउँदै छौ र साँचो कुरा बताएका छैनौ। तिमीलाई कसरी बाँध्‍न सकिन्‍छ, मलाई भन न।” उनले भने, “मेरा केशका सात वटा लट्टाहरू तानमा बुनेर किला ठोकेर राख्‍यौ भने म अरू मानिसजस्‍तै निर्बल हुनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि दलीलाले तिनलाई भनी, “तपाईंले त अझै पनि मलाई बेवकूफ तुल्‍याइराख्‍नुभएको छ र मलाई झूट बोल्‍दैहुनुहुन्‍छ। भन्‍नुहोस्, तपाईंलाई कसरी बाँध्‍न सकिन्‍छ?” तिनले भने, “मेरा कपालका सात वटा लट्टालाई तानमा बुनेर कीलाले कसेर राख्‍यौ भने म अरू मानिसजस्‍तै निर्बल भइहाल्‍नेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई अहिलेसम्म मूर्ख बनाउँदै र ढाँट्दै हुनुहुन्छ। तपाईंलाई कसरी बाँध्न सकिन्छ? मलाई भन्‍नुहोस्।” उनले जवाफ दिए, “यदि तिमीले मेरा कपालका सात वटा लट्टाहरूलाई तानमा बुनेर किलामा बाँधिदियौ भने म अरू मानिसझैँ कमजोर भइहाल्नेछु।” यसकारण त्यसले उनी सुतेको बेला उनको कपालका सात वटा लट्टाहरू लिएर बाटी;
Nepali ERV (पवित्र बाइबल)
तब दलीलाले शिमशोनलाई भनिन्, “तिमीले फेरि मलाई ढाँट्यौ। तिमीले मलाई मूर्ख पार्यौ। अब मलाई भन कसैले तिमीलाई कसरी बाँध्न सक्छ?” शिमशोनले भने, “यदि तिमीले मेरो टाउकोका सातवटा कपालको लट्टालाई ताँनमा बुनेर एउटा काँटाले कस्यौ भने म अन्य कुनै मानिस जस्तै कमजोर हुनेछु।” पछि, शिमशोन सुत्न गए। यसर्थ दलीलाले तिनको टाउकोका कपालबाट सात लट्टा बुन्नका निम्ति तानको प्रयोग गरिन्।