Judges 16:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले शिमशोनलाई भनी, “तिमी कसरी ‘मलाई प्रेम गर्छु’ भन्न सक्छौ, जब तिमीले मलाई साँचो कुरा भन्दैनौ? तीनपल्ट तिमीले मलाई मूर्ख बनायौ र अझसम्म तिम्रो शक्ति केमा छ भनेका छैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्यसले तिनलाई भनी, “तपाईं मलाई प्रेम गर्नुहुन्छ भनी कसरी भन्नुहुन्छ, जब कि तपाईं मलाई आफ्नो कुरा बताउनुहुन्न? यो तेस्रो पल्ट पनि तपाईंले मलाई बेवकूफ तुल्याउनुभयो र तपाईंको महाबल केले दिन्छ भनी अझ बताउनुभएको छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यसले उनलाई भनी, “तपाईंले ‘म तिमीलाई प्रेम गर्छु’ भनी कसरी भन्न सक्नुहुन्छ? जबकि तपाईंले मलाई भेद नै बताउन सक्नुहुन्न? तपाईंले मलाई मूर्ख बनाउनुभयो, र आफ्नो महान् शक्तिको भेद नबताउनुभएको यो तेस्रो पटक हो।”
Nepali ERV (पवित्र बाइबल)
तब दलीलाले शिमशोनलाई भनिन्, “‘म तिमीलाई प्रेम गर्छु’ भनी तिमी कसरी भन्न सक्छौ जब तिमीले म माथि विश्वास नै गर्दैनौ भने? तिम्रो भेद मलाई बताउन तिमी अस्वीकार गर्छौ। तिमीले मलाई मूर्ख तुल्याएको यो तेस्रो पल्ट हो। तिम्रो महान शक्तिको भेद तिमीले मलाई भनेका छैनौ।”