Judges 16:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो केश कहिल्‍यै काटिएको छैन,” उनले भने, “जन्‍मेको दिनदेखि परमेश्‍वरको लागि अलग छुट्याएर म ‘नाजिरी’ बनाइएको छु। मेरो केश काटियो भने मेरो बल हराउनेछ र म अरूजस्‍तै निर्बल हुनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण आफ्‍नो गुप्‍त कुरा तिनले त्‍यसलाई भनिदिए। तिनले भने, “मेरो कपालमा कहिल्‍यै छुरा लागेको छैन, किनभने जन्‍मैदेखि परमेश्‍वरको निम्‍ति अलग गरिएको म एक नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्‍नेछ, र म अरू मानिसजस्‍तै निर्बल हुनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उनले सबै कुरा भनिदिए। उनले भने, “मेरो शिरमा कहिल्यै छुरा परेको छैन; किनकि म आमाको गर्भदेखि नै परमेश्‍वरको निम्ति अलग गरिएको एउटा नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो शक्ति मबाट गइहाल्नेछ, र म अरू मानिसझैँ कमजोर हुनेछु।”
Nepali ERV (पवित्र बाइबल)
अन्तमा, शिमशोनले दलीलालाई सबै कुरा भने। तिनले भने, “मैले कहिले पनि मेरो कपाल काटेको छुइनँ। म जन्मनु अघिबाट नै मलाई परमेश्वर प्रति समर्पण गरिएको थियो। यदि कसैले मेरो कपाल काटिदिए म मेरो शक्ति गुमाउनेछु। म अन्य कुनै पनि मानिस जस्तै कमजोर हुनेछु।”