Judges 16:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी साँचो कुरा शिमशोनले भनेपछि दलीलाले पलिश्ती राजाहरूलाई खबर पठाई, “अरू एकपल्ट तपाईंहरू आउनुहोस्। शिमशोनले मलाई साँचो कुरा भनेको छ।” तिनीहरू रुपियाँ लिएर आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले सबै गुप्त कुरा बताएका हुन् भनेर जब दलीलाले थाहा पाई, तब त्यसले पलिश्तीहरूका मुखियाहरूलाई डाकिपठाई, र भनी, “झट्टै आउनुहोस्, तिनले मलाई आफ्ना गुप्त कुरा बताएका छन्।” यसैले पलिश्तीहरूका मुखियाहरू आए, र आफ्ना साथमा चाँदी पनि ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले आफूलाई सबै कुरा बताइदिएका थाहा पाएर दलीलाले पलिश्तीहरूकहाँ यसरी समाचार पठाई, “फेरि एक पल्ट फर्किआउनुहोस्; उनले मलाई सबै कुरा बताएका छन्।” यसकारण पलिश्तीका शासकहरू हातमा चाँदी लिएर आए।
Nepali ERV (पवित्र बाइबल)
दलीलाले बुझिन् कि शिमशोनले उसलाई तिनको भेद बताए भनी। उसले पलिश्ती मानिसहरूका शासकहरूलाई एक सन्देश पठाइन्। उसले भनिन्, “फेरि फर्की आऊ। शिमशोनले मलाई सबै कुरा भनेकाछन्।” यसर्थ पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ फर्केर आए। तिनीहरूले चाँदिका सिक्का ल्याए जो उसलाई दिन्छौं भनी तिनीहरूले वचन दिएका थिए।