Judges 16:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दलीलाले शिमशोनलाई फकाएर काखमा सुताई र एक जना मानिस बोलाएर उसका केशको सातै वटा लट्टाहरू काट्न लगाई। तब शिमशोनको बल हरायो र दलीलाले सताउन थाली।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले शिमशोनलाई आफ्नो काखमा सुताई, र एक जना मान्छेलाई बोलाएर सातै वटा लट्टा खौरिन लगाई। यसरी दलीलाले शिमशोनलाई काबूमा पार्न लागी अनि तिनको बल हट्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनलाई आफ्नो काखमा सुताएर त्यसले कपाल खौरिनको निम्ति एक जना मानिसलाई बोलाई, र तिनलाई वशमा पार्न थाली। यसरी उनको शक्ति उनीबाट गइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
जब शिमशोन तिनको काखमा पल्टिरहेका थिए, दलीलाले उनलाई सुत्ने तुल्याईन र एउटा मानिसलाई शिमशोनको कपालका सातवटा लट्टा काटनलाई भित्र बोलाइन्। यसप्रकार उसले शिमशोनलाई कमजोर तुल्याइन्। शिमशोनको शक्तिले उसलाई छोड्यो।