Judges 16:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
शिमशोन त्यहाँ छ भनी गाजाका मानिसहरूले थाहा पाए। तिनीहरूले त्यो घर घेरे र रातभरि सहरको मूल-ढोकामा उनलाई ढुकेर बसे। तिनीहरू रातभरि चुपचाप त्यही सोची बसिरहे, “बिहानसम्म हामी पर्खनेछौं र त्यस बेला त्यसलाई मार्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शिमशोन आएको खबर गाजाका मानिसहरूले पाए, र उनीहरूले तिनलाई घेरे, र त्यस रातभरि सहरको मूल ढोकामा तिनलाई ढुकिबसे। राती उनीहरूले केही गरेनन्, किनभने उनीहरूले आपसमा भने, “बिहान हामी तिनलाई मारौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गाजाका मानिसहरूलाई “शिमशोन यहाँ आएका छन्” भनी सुनाइयो। यसकारण तिनीहरूले त्यस ठाउँलाई घेरे, र रातभरि सहरको मूलढोकामा तिनलाई ढुकिबसे। तिनीहरू रातभरि यताउति नगइकन “बिहानै हामी त्यसलाई मार्नेछौँ” भन्दै बसिरहे।
Nepali ERV (पवित्र बाइबल)
कसैले गाजाका मानिसहरूलाई भने, “शिमशोन यहाँ आएका छन्।” तिनीहरूले शिमोशोनलाई मार्न चाहन्थे, यसर्थ तिनीहरूले शहर घेरे। तिनीहरू शहर-द्वारको नजिकमा लुके अनि रातभरि शिमशोनलाई पर्खिरहे। रातभरि तिनीहरू अत्यन्त चूपचापसित बसे। तिनीहरूले एका-अर्कालाई भने, “जब बिहान हुन्छ हामी शिमशोनलाई मार्नेछौं।”