Judges 16:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्‍यसले भनी, “शिमशोन, पलिश्‍तीहरू आउँदै छन्!” उनी उठे र सोच्‍न लागे, “म सधैँजस्‍तो छुट्‍नेछु र फुक्‍का हुनेछु।” परमप्रभुले उनलाई छोडिसक्‍नुभएको छ भनी उनले थाहा पाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यसले कराएर भनी, “शिमशोन, पलिश्‍तीहरू तपाईंमाथि आइलागे है।” तिनी आफ्‍नो निद्राबाट जागे, र भने, “म सधैँझैँ आफैलाई मुक्त गर्नेछु।” तर परमेश्‍वरले तिनलाई छोड़िसक्‍नुभएको छ भनी तिनलाई थाहा थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यसले बोलाई “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” उनी आफ्नो निद्राबाट बिउँझेँ, र पहिलेझैँ बाहिर गएर आफूलाई स्वतन्त्र तुल्याउनेछु भनी सम्झे। तर आफूलाई याहवेहले त्यागिसक्नुभएको छ भनी उनलाई थाहै भएन।
Nepali ERV (पवित्र बाइबल)
तब दलीलाले तिनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरू तिमीलाई पक्रन आइरहेछन्।” तिनी ब्यूँझिए अनि सोचे, “मैले अघि गरे जस्तै म भाग्ने छु अनि स्वयंलाई मुक्त तुल्याउनेछु।” तर शिमशोनलाई थाहा भएन कि परमप्रभुले तिनलाई त्यागी सक्नु भएको थियो।