Judges 16:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्‍ती राजाहरू आफ्‍ना देवता दागोनलाई एउटा ठूलो बलिदान चढाउन र उत्‍सव मनाउन भेला भए। तिनीहरूले यसरी गीत गाए, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रा हातमा पारिदिएका छन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्‍तीहरूका मुखियाहरू आफ्‍नो देवता दागोनको निम्‍ति एउटा ठूलो बलिदान चढ़ाउनलाई र त्‍यसको अगि खुशी मनाउन भेला भए। उनीहरूले भने, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रा हातमा सुम्‍पिदिनुभयो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब आफ्नो देवता दागोनकहाँ एउटा महान् बलि चढाउन भनी पलिश्तीहरूका शासकहरू यसो भन्दै उत्सव मनाउन भेला भए, “हाम्रा देवताले हाम्रो शत्रु शिमशोनलाई हाम्रो हातमा सुम्पिदिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती मानिसका शासकहरू उत्सव मनाउन एकत्रित भए। तिनीहरू आफ्ना देवता दागोनलाई एउटा महान बलिदान अर्पण गर्दैछन्। तिनीहरूले भने, “हाम्रो देवताले हाम्रो शत्रु शिमशोनलाई पराजित गर्नमा सहायता गर्नु भयो।”