Judges 16:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[24-25] तिनीहरूले आनन्‍द मनाइरहेका थिए र यसो भने, “शिमशोनलाई ल्‍याओ, त्‍यसले हामीलाई खेल तमाशा देखाओस्।” तिनीहरूले शिमशोनलाई झ्‍यालखानबाट झिकाए, खेल तमाशा देखाउन लगाए र भवनका मूल खम्‍बाहरूका बीचमा उभ्‍याए। शिमशोनलाई देखेर मानिसहरूले आफ्‍ना देवताको प्रशंसा यसरी गाए, “हाम्रो धेरै भाइ-बन्‍धुलाई त्‍यसले मार्‍यो तर हाम्रा देवताले त्‍यस शत्रुमाथि हामीलाई विजय दिएका छन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले जब शिमशोनलाई देखे तब कराउँदै आफ्‍नो देवताको स्‍तुति यसरी गर्न लागे, “हाम्रा देवताले हाम्रो शत्रु, हाम्रो देशको अभिशाप, लाशले हाम्रो देश भर्नेलाई हाम्रा हातमा सुम्‍पिदिनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मानिसहरूले उनलाई देखे, तब तिनीहरूले यसो भन्दै आफ्ना देवताको प्रशंसा गरे, “हाम्रा देवताले हाम्रा शत्रुलाई हाम्रा हातमा सुम्पिदिएका छन्। हाम्रो देशलाई उजाड पारिदिने र हाम्रा धेरैलाई मार्नेलाई।”
Nepali ERV (पवित्र बाइबल)
जब पलिश्ती मानिसहरूले शिमशोनलाई देखे, तिनीहरूले आफ्नो देवताको स्तुति गरे। तिनीहरूले भने, “यो मानिसले हाम्रा मानिसहरूलाई नष्ट गर्यो! यो मानिसले हाम्रा धेरै मानिसहरूलाई मार्यो! तर हाम्रो देवताले हाम्रो शत्रुलाई पक्विन हामीलाई सहायता गर्नुभयो।”