Judges 16:25 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उनीहरू साह्रै आनन्‍दित भए तब उनीहरूले भने, “शिमशोनलाई झिकाओ, र त्‍यसले हामीलाई तमाशा देखाओस्‌।” तब उनीहरूले शिमशोनलाई झ्‍यालखानबाट झिकाए, र तिनले सबैका सामुन्‍ने तमाशा देखाए। उनीहरूले तिनलाई मूल खम्‍बाहरूका बीचमा उभ्‍याए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू साह्रै उत्साहित भएको बेला तिनीहरू यसो भनेर कराए, “हामीलाई खेलतमाशा देखाउन शिमशोनलाई ल्याओ।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट झिकाए, र उनले तिनीहरू सबैको सामु खेलतमाशा देखाए। तिनीहरूले उनलाई खम्बाहरूको बीचमा उभ्याए,
Nepali ERV (पवित्र बाइबल)
उत्सवमा मानिसहरू आनन्द मनाइरहेका थिए। यसर्थ तिनीहरूले भने, “शिमशोनलाई बाहिर ल्याऊ। हामी तिनको खिल्ली उडउन चाहन्छौं।” यसकारण तिनीहरूले शिमशोनलाई झ्यालखानबाट ल्याए अनि तिनको खिल्ली उडउन लागे। तिनीहरूले शिमशोनलाई दागोन देवताको मन्दिरमा खम्बाहरूको माझमा उभ्याए।