Judges 16:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब शिमशोनले प्रार्थना गरे, “सार्वभौम परमप्रभु, मलाई सम्‍झनुहोस्। परमेश्‍वर, कृपा गरी मलाई यो एकपल्‍ट बल दिनुहोस् र मेरा दुई आँखा फुटाइदिएको सट्टामा यी पलिश्‍तीहरूसँग म एकै पल्‍टमा बदला लिन सकूँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब शिमशोनले परमप्रभुलाई पुकारेर भने, “हे परमप्रभु परमेश्‍वर, मलाई याद गर्नुहोस्‌! हे परमेश्‍वर, मलाई अझै एक पल्‍ट मात्र शक्ति दिनुहोस्, र म मेरा दुई आँखाका निम्‍ति यी पलिश्‍तीहरूमाथि एकै चोटि बदला लिन सकूँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब शिमशोनले याहवेहसित प्रार्थना गरे, “हे प्रभु याहवेह, मलाई सम्झनुहोस्! हे परमेश्‍वर, मलाई एकै पल्ट मात्र सामर्थी तुल्याउनुहोस्! मेरा आँखाहरूका निम्ति पलिश्तीहरूलाई एकै प्रहारमा बदला लिन दिनुहोस्।”
Nepali ERV (पवित्र बाइबल)
तब शिमशोनले परमप्रभुसित एउटा प्रार्थना गरे। तिनले भने, “हे सर्वशक्तिमान परमप्रभु, मलाई याद गर्नुहोस्। हे परमेश्वर, कृपया अझ एक पल्ट मात्र मलाई शक्ति दिनुहोस्। मेरा दुइ आँखाहरू निकालि दिने यी पलिश्ती मानिसहरूलाई दण्ड दिनका निम्ति मलाई यो एउटा कुरा गर्न दिनुहोस्।”