Judges 16:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर आधा रातसम्म मात्र शिमशोन ओछ्यानमा लडिरहे। तब उठेर सहरको मूल-ढोका, दैला, दुवै खाँबा, बार र सबै थोक उनले उखेले र ती काँधमा हालेर हेब्रोनमाथिको डाँडाको टुप्पासम्म बोकी लगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर शिमशोन आधारातसम्म मात्र ओछ्यानमा पल्टिरहे। तब तिनी आधारातमा उठेर सहरको मूल ढोकाका दैला र दुवै खम्बा, बार र सबै थोक तिनले उखेले, र ती आफ्नो काँधमा हालेर हेब्रोनका सामुन्नेको डाँड़ाको टाकुरामा बोकेर लगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर शिमशोन त्यहाँ आधा रातसम्म मात्र ढल्किरहे। तब उनी उठे, र सहरको मूलढोका र त्यसका दुई वटा खम्बाहरू पक्रेर तिनीहरूका आग्लोसमेत ती सबैलाई उखेलिदिए। उनले ती आफ्ना काँधमा हालेर हेब्रोनतिर फर्केको डाँडामा बोकेर लगे।
Nepali ERV (पवित्र बाइबल)
तर शिमशोन त्यस वेश्यासित आधा रातसम्म मात्र बसे। शिमशोन आधारातमा उठे। शिमशोनले शहर-द्वार अठ्याए र तिनले पर्खालबाट दुवै चौकट निकाले। शिमोशनले ढोकाको, दुइवटा स्तम्भहरू अनि ढोका बन्द राख्ने बारहरू भत्काइ दिए। शिमशोनले ती वस्तुहरूलाई आफ्ना काँधमा हाले अनि तिनीहरूलाई बोकेर हेब्रोन शहर नजिकको डाँडको टापुमा लगे।