Judges 16:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उनले भने, “म पलिश्‍तीहरूसँग मर्नेछु।” शिमशोनले आफ्‍नो पूरा बलले ती खाँबाहरूलाई ठेले र त्‍यो भवन ढलेर पाँच जना राजा र अरू सबै मानिसहरूमाथि खस्‍यो। आफ्‍नो जीवनभरि जति मानिस मारेका थिए, त्‍योभन्दा बढ्ता मानिसहरू शिमशोनले आफू मर्ने बेलामा मारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भने, “मलाई पलिश्‍तीहरूसँगै मर्न दिनुहोस्‌।” तब शिमशोनले आफ्‍नो सम्‍पूर्ण शक्ति लगाएर ठेले, र मुखियाहरू र त्‍यसमा भएका सबै मानिसहरूमाथि मन्‍दिर ढल्‍यो। यसरी तिनले आफू मर्दा बाँचेको समयको भन्‍दा धेरै मानिसहरूलाई मारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनले भने, “मलाई पलिश्तीहरूसितै मर्न दिनुहोस्!” तब शिमशोनले आफ्नो पूरा शक्ति लगाएर ठेले, र मन्दिर ती शासकहरू र त्यसमा भएका मानिसहरूमाथि ढल्यो। यसरी उनले आफू बाँचेको समयको भन्दा झन् धेरै मानिसहरूलाई मारे।
Nepali ERV (पवित्र बाइबल)
शिमशोनले भने, “मलाई पनि यी पलिश्तीहरूसित मर्न दिनुहोस्।” तब तिनले सकेसम्म जोडले धकेले र त्यो मन्दिर त्यहाँ भएका शासकहरू अनि सबै मानिसहरू माथि ढल्यो। यस प्रकारले शिमशोन आफू जीवित हुँदा भन्दा मरणको बेला धेरै पलिश्ती मानिसहरूलाई मारे।