Judges 16:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका दाजुभाइहरू र परिवारका अरू मानिसहरू उनको लाश लिन आए। तिनीहरूले उनको लाश लगे र सोरा र एश्तोलका बीच उनका बुबा मानोहका चिहानमा गाडे। उनी बीस वर्षसम्म इस्राएलका अगुवा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका भाइहरू र तिनका बुबाका सबै परिवार तल गए, र तिनलाई लगेर तिनीहरूले तिनका बुबा मानोहको चिहानमा सोरा र एश्तोलको बीचमा तिनलाई गाड़े। पलिश्तीहरूको समयमा शिमशोन बीस वर्षसम्म इस्राएलका अगुवा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उनका दाजुभाइहरू र उनका बुबाका सम्पूर्ण परिवार उनलाई लिन तल झरे। तिनीहरूले उनको लास लगे, र सोरा र एश्तोलको बीचमा उनका बुबा मानोहको चिहानमा गाडे। उनले इस्राएलमाथि बीस वर्षसम्म नेतृत्व गरे।
Nepali ERV (पवित्र बाइबल)
शिमशोनका भाइहरू र तिनका बाबुका परिवारका सबै मानिसहरू तिनको मृतदेह लिन गए। तिनीहरूले तिनलाई फर्काइ ल्याए अनि तिनका बाबुलको चिहानमा तिनलाई गाडे। त्यो चिहान सोरा अनि एश्तोल शहर माझमा छ। शिमशोन बीस वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे।