Judges 16:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पलिश्तीहरूका पाँच जना राजाहरूले त्यसकहाँ गई भने, “चलाकीसँग शिमशोन कसरी यति बलियो छ अनि कसरी हामी उसलाई काबुमा ल्याउन सक्छौं, पत्ता लगाऊ र त्यसलाई बाँधेर पक्र। हामी प्रत्येकले तिमीलाई एघार-एघार सय चाँदीका सिक्का दिनेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पलिश्तीहरूका मुखियाहरू त्यस स्त्रीलाई भेट गर्नलाई गए र त्यसलाई भने, “तिनलाई फकाएर सोध कि केले तिनलाई त्यो ठूलो बल दिन्छ, र कसरी हामी तिनलाई काबूमा पारेर बाँधी तिनलाई कैद गर्न सक्छौं। हामी हरेकबाट तिमीले चाँदीका एघार-एघार सय सिक्का पाउनेछ्यौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पलिश्तीहरूका शासकहरू उनीकहाँ गएर भने, “तिमीले उनलाई आफ्नो महान् शक्तिको भेद देखाउन र हामीले कसरी उनलाई जितेर बाँधीकन उनलाई अधीनमा ल्याउन सक्छौँ, सो प्रकट गर्न फकाउनू। हामी प्रत्येकले तिमीलाई चाँदीका एघार सय सेकेल सिक्का दिनेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
पलिश्ती मानिसहरूका शासकहरू दलीला कहाँ गए। तिनीहरूले भने, “हामी जान्न चाहन्छौं के चिजले शिमशोनलाई यति बलवान तुल्याउँछ। त्यो रहस्य तिनलाई भन्न लगाऊ र उसलाई छल। तब हामी तिनलाई कसरी पक्विनु अनि बाँध्नु त्यो जान्ने छौं। तब हामी तिनलाई नियन्त्रण गर्न समर्थ हुनेछौं। यदि तिमीले यसो गरि दियौ भने हामी प्रत्येकले तिमीलाई एघार सय चाँदीका सिक्का गरी दिनेछौं।”