Judges 16:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को कोठामा त्यसले केही मानिसहरू पर्खाइराखेकी थिई र कराएर भनी, “शिमशोन, पलिश्तीहरू आउँदै छन्!” तर आगोले छोएको धागोजस्तै उनले ताँदोहरू चुँडाइदिए। यसरी उनको बल केमा थियो, सो भेद तिनीहरूले बुझ्न सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसले आफ्नो भित्री कोठामा मानिसहरू लुकाइराखेकी थिई, र त्यसले कराएर तिनलाई भनी, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे है।” तर तिनले ताँदाहरू आगोमा परेका सनपाटका धागाहरूजस्तै छिनाइदिए, र तिनका बलको भेद जानिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले कोठामा मानिसहरूलाई लुकाइराखेकी थिई। तब त्यसले कराई, “शिमशोन, पलिश्तीहरू तपाईंमाथि आइलागे!” तर उनले ताँदालाई ज्वालामा धागो हाल्दा चुँडिएझैँ सजिलैसित चुँडाइदिए। यसरी उनको बलको भेद थाहा पाउन सकिएन।
Nepali ERV (पवित्र बाइबल)
केही मानिसहरू अर्को कोठामा लुकिरहेका थिए। दलीलाले शिमशोनलाई भनिन्, “शिमशोन, पलिश्ती मानिसहरूले तिमीलाई पक्विन्छन्।” तर शिमशोनले सजिलैसित ती ताँदोहरू चुँडइदिए। ती ज्वालाको नजिक परेको धागो जस्तै टुक्विए। यसकारण ती पलिश्ती मानिसहरूले शिमशोनको शक्तिको भेद पाएनन्।