Judges 17:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले आफ्‍नी आमालाई भन्‍यो, “जब तिम्रा एघार सय चाँदीका सिक्‍का चोरी भएको थियो, तिमीले चोरलाई सराप दियौ। तिमीले सरापेको मैले सुनें। हेर, सो रुपियाँ मसँग छ। त्‍यो चोर म नै थिएँ।” उसकी आमाले भनी, “मेरो छोरो, परमप्रभुले तँलाई आशिष् देऊन्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले आफ्‍नी आमालाई भने, “तपाईंबाट चोरिएका ती एघार सय चाँदीका सिक्‍का, जसका विषयमा मैले सुन्‍ने गरी तपाईंले ती चोर्नेलाई सराप्‍नुभएको थियो, ती चाँदीका सिक्‍का मसँग छन्‌। मैले ती लगेको थिएँ, र अब म ती तपाईंलाई फर्काइदिँदैछु।” तिनकी आमाले भनिन्, “हे मेरो छोरो, परमप्रभुले तँलाई आशिष्‌ देऊन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनले आफ्नी आमालाई भने, “तपाईंबाट लगिएका ती एघार सय शेकेल चाँदी, जसको विषयमा तपाईंले श्राप दिनुभएको मैले सुनेँ—त्यो चाँदी मसित छ; त्यो मैले नै लिएको थिएँ।” तब उनकी आमाले भनिन्, “मेरो छोरा, याहवेहले तिमीलाई आशिष् देऊन्!”
Nepali ERV (पवित्र बाइबल)
मीकाले आफ्नी आमालाई भने, “कसैले तिमीबाट 1,100 चाँदीका टुक्रा चोरेको तिमीलाई थाहा छ। त्यस विषयमा तिमीले श्राप दिएको मैले सुने। त्यो चाँदी मेरोमा छ। त्यो मैले लगेको थिएँ।” उसकी आमाले भनिन्, “हे मेरो छोरो परमप्रभुले तिमीलाई आशिष दिऊन्।”