Judges 17:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उसले आफ्‍नी आमालाई ती चाँदी फर्काइदियो। आमाले दुई सय चाँदीका सिक्‍का एक जना शिल्‍पकारलाई दिइन्। शिल्‍पकारले काठ खोपेर एउटा मूर्ति बनायो र त्‍यसलाई चाँदीले मोहोर्‍यो। तिनीहरूले मूर्तिलाई मीकाको घरमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिनले ती चाँदी आफ्‍नी आमालाई फर्काइदिए। अनि तिनले दुई सय चाँदीका सिक्‍का लिएर एउटा चाँदीको शिल्‍पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी उनले ती चाँदी आफ्नी आमालाई फर्काइदिए। अनि तिनले चाँदीका दुई सय सेकेल लिएर एउटा शिल्पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो, र ती मीकाको घरमा राखियो।
Nepali ERV (पवित्र बाइबल)
तर मीकाले त्यो चाँदी आफ्नी आमालाई फर्काइ दिए। यसर्थ तिनले त्यो चाँदीबाट प्रायः दुइ सय शेकेलका सिक्का लिएर ती चाँदीका कारीगरलाई दिइन्। चाँदी कारीगरले चाँदीले मोडेको मूर्ति बनाउन त्यो चाँदी प्रयोग गरे। त्यो मूर्तिलाई मीकाको घरमा राखियो।