Judges 17:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ बेथलेहेम छोडेर अर्को बस्ने ठाउँ खोज्नलाई हिँड्यो। त्यसरी हिँड्दा-हिँड्दा एफ्राइमको डाँडामा मीकाको घरमा ऊ आइपुग्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी बेथलेहेम सहर छोड़ेर अन्त कतै बस्नलाई आएका थिए। यात्रा गर्दा तिनी एफ्राइमका पहाड़ी देशमा मीकाको घरमा आइपुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उसले त्यस सहरलाई छोडिदियो, र अर्को बस्ने ठाउँको खोजीमा हिँड्यो; अनि ऊ एफ्राइमको पहाडी मुलुकमा मीकाको घरमा आइपुग्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यो जवान मानिसले बेतलेहेम, यहूदा छाडे। तिनी बस्नका निम्ति अर्को स्थानको खोजमा थिए। तिनी यात्रा गर्दै जाँदा मीकाको घर आई पुगे। मीकाको घर एप्रैमको भूमिको पहाडी देशमा थियो।