Judges 18:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला इस्राएलमा कुनै राजा थिएन। ती दिनमा दान वंशले आफू बस्ने इलाका खोजी गर्दै थिए, कारण इस्राएली कुलहरूका बीचमा तिनीहरूले आफ्ना लागि कुनै ठाउँ पाएका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस बेला इस्राएलमा कुनै राजा थिएनन्। दानवंशीहरूले कुनै इलाका अधिकार गर्ने मौका हेर्दैथिए, किनभने इस्राएलका कुलहरूलाई दिइएका इलाकाहरूमा तिनीहरूले अधिकार गर्न पाएका थिएनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएनन्। अनि ती दिनहरूमा दानवंशीहरूले बसोबास गर्नलाई आफ्नै ठाउँ खोजिरहेका थिए। किनकि तिनीहरू इस्राएलका कुलहरूको बीचमा आफ्नै उत्तराधिकारमा आइपुगेका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। अनि त्यसबेला दानका कुल समूह बस्ने स्थानको खोजमा थिए। तिनीहरूको अझसम्म आफ्नो देश थिएन। इस्राएलका अन्य कुल समूहहरूले अघि नै आफ्ना भूमिहरू प्राप्त गरिसकेका थिए। तर दानका कुल समूहले आफ्नो भूमि अझ लिएका थिएनन्।