Judges 18:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब त्‍यहाँ पुग्‍छौँ, त्‍यहाँका मानिसहरूले केही कुराको शङ्का गर्नेछैनन्, त्‍यो तिमीहरूले देख्‍नेछौ। त्‍यो एउटा ठूलो ठाउँ छ। मानिसलाई चाहिने सबै थोक त्‍यहाँ पाइन्‍छ। परमेश्‍वरले त्‍यो भूमि तिमीहरूलाई दिनुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरू त्‍यहाँ पुग्‍नेछौ, तब तिमीहरूले एउटा विस्‍तृत र खुला देशमा निष्‍फिक्रीसित जीवन बिताइरहेको एउटा जातिलाई देख्‍नेछौ। परमेश्‍वरले त्‍यो जग्‍गा तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ— त्‍यो जग्‍गा जहाँ पृथ्‍वीमा पाइने कुनै पनि थोकको अभाव छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तपाईंहरू त्यहाँ पुग्नुहुनेछ, तब निस्फिक्रीसाथ बसेका मानिसहरू र फराकिलो ठाउँ देख्नुहुनेछ। किनकि परमेश्‍वरले त्यो तपाईंहरूको हातमा दिनुभएको छ, अर्थात् यस्तो देश, जसमा कुनै पनि कुराको अभाव छैन।”
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरू त्यो स्थानमा आउँछौ त्यहाँ प्रशस्त भूमि तिमीहरूले देख्नेछौ। त्यहाँका मानिसहरूले कुनै आक्रमणको अपेक्षा नगरेको तिमीहरूले देख्नेछौ। निश्चयनै परमेश्वरले त्यो भूमि हामीलाई दिनु भएको छ।”